बनेपा – नेपाल ेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रमा केन्द्रीकृत रहेको अधिकार जिल्लामा पठाउने अभियान सुरु गरेको छ । नेपालका ७७ जिल्लामानै जिल्ला समन्वय समितिलाई विस्तार गर्ने योजना अनुसार काभ्रेमा समन्वय समिति विस्तार भएको हो । हेलम्बु यातायात सेवा समितिका अध्यक्ष राजेश श्रेष्ठको संयोजकत्वमा काभ्रेमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले समन्वय समितिको विस्तार गरेको हो ।

विस्तारित समितिको सचिवमा काभ्रे मिनिवस सेवा समितिका अध्यक्ष राजेशसुन्दर संैजु, कोषाध्यक्षमा वागमती टिपर व्यवसायी संघका उपाध्यक्ष नविन वैद्य,सदस्य काभ्रे बसका अध्यक्ष दिलबहादुर शाही र हिमाल तराई यातायात सेवा प्रालीका अध्यक्ष आत्मराम थापा रहेका छन् ।

शनिवार काभ्रेको बनेपाको उग्रचण्डी वैक्वेन्टमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको प्रमुख आतिथ्यतामा काभ्रेको समन्वय समिति गठन भएको हो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको प्रदेश नंम्बर ३ का संयोजक राजेश रिमाल,उपमहासचिव रवि रिमाल,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको प्रदेश नंम्बर ३ सहसंयोजक त्रिरत्न नेवा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य द्वय सुमन खनाल र सुमन गिरी, भक्तपुर समन्वय समितिका संयोजक रामकाजी भुजु लगायतको उपस्थिती रहेको थियो ।

खबर चौतारी साप्ताहिकमा प्रकाशित छ ।


तपाईको प्रतिक्रिया