सीता प्याकुरेल, धादिङ –

‘गजल’
उसैले भन्याे गरिबहरूकाे रहर हुँदैन
जसलाई अाफ्नै रहरकाे खबर हुँदैन

त्यसैले बिबाहअघि बन्ध्याकरण गरेको हुँ
छाेरी जन्मिएपछी बलात्कृत हुने डर हुँदैन

बरफजस्तै जमेको छु बाध्यताको सिरेटोले
समयकाे गति सरि दिल सधैँ पत्थर हुँदैन

अाफैँ बेचिएर अाफ्नालाई खुसी किन्न खाेजेँ
अामालाई धाेती किन्छु बैनीलाई घाँगर हुँदैन

मरुभूमि सिंगार्न जानूअघि यति बुझिराख्नु
मसानघाट हुन्छ तिमीबिना घर घर हुँदैन


तपाईको प्रतिक्रिया