काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसहित  सरकारका मन्त्रीहरु विरुद्ध षडयन्त्रहरु भइरहेको भन्दै मन्त्रीहरुलाई जोगिएर काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई होस पु¥याएर बोल्न र काम गर्न निर्देशन दिनुभएको हो ।

‘अहिले सरकार विरुद्ध निकै ठूलो षडयन्त्र भइरहेको छ, कुनै गल्ती नै नगरे पनि कहाँबाट सिध्याउने भनेर केही शक्ति र मान्छे लागेका छन् । कुनै पनि बेला फसाउन सक्छन् त्यसैले बोल्दा, निर्णय गर्दा वा हरक कदम चाल्दा होस् गर्नुस् ।’ प्रधानमन्त्रीको भनाई थियो ।

कतिपय मन्त्रीको बोलीमा ढंग नपुग्दा पनि समस्या हुने गरेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कम बोल्नसमेत सुझाब दिनुभएको बताईन्छ ।

वाइडबडी जहाज खरिद प्रकरणमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित बहालवाला सचिवहरुलाई दोषी ठहर गरेर लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन बुझाएपछि ओली गम्भिर देखिनुभएको बैठकमा सहभागि एक मन्त्रीले बताउनुभयो ।

वाइडबडी प्रकरणमा मन्त्री रविन्द्र अधिकारी र प्रेमकुमार राईलगायत कतिपय निर्देष व्यक्तिलाई नियतवश फसाउन खोजिएको प्रति प्रधामन्त्रीले संकेत गर्दै गंभिर भएर षडयन्त्रलाई चिर्दै अघिबढन् निर्देशन दिनुभएको बताइन्छ ।

यसरी हचुवाका भरमा उपसमितिले अध्ययन गर्ने अनुमान आफूले नगरेको प्रधानमन्त्रीको आशय थियो ।सरकार विरुद्घ आनावश्यक प्रोपोगान्डा र हल्ला मच्चाएर कमजोर पार्ने खेलमा कतिपय शक्ति र व्यक्ति  लागेको भन्दै प्रधानमन्त्री ओलीले गलततत्वसँग जोगिएर अघिबढ्न र षडयन्त्रको सामाना गर्न निर्देशन दिनुभएको बताईन्छ ।


तपाईको प्रतिक्रिया