बनेपा – शनिबार बनेपामा साहित्यिक माहोल तात्यो ।

बनेपा नगरपालिको हलमा खचाखच भरिएका साहित्यकारका माझ निकै वाहवाही र तालीको गडगडाहड सङ्गै जुनकीरी साहित्यिक अभियानले आयोजना गरेको सृजना वाचन तथा कवि तथा गीतकार उर्मिला कोइरालाको गीतिसङ्ग्रह ‘दिलको गजुर’को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्याय, साहित्यकार मोहन दुवाल, गजलकार पुष्प अधिकारी ‘अञ्जली’, समिक्षक महेश पौड्याल, सुर्यप्रसाद लाकोजु, सङ्गितकार सुरेश अधिकारी, जुनकीरीको अध्यक्ष माधव काभ्रेली लगायतले विमोचन गरे ।

काभ्रे तथा आसपासका सयौ सर्जक तथा साहित्य पारखीहरुको उपस्थिति रहेको कार्यक्रममा जुनकीरी साहित्यिक अभियानका कार्यक्रम संयोजक घायल योद्धा नवराजको अध्यक्षता र महासचिव रविन विस्ट ‘स्नेही’को सञ्चालनमा भएको हो । कार्यक्रममा स्वागत मन्तव्य अनामिका सजलले राखिन् भने दर्जनौ श्रस्टाहरुले आफ्नो रचना वाचन गरे । कृतिमाथी समिक्षा गर्दै समिक्षक महेश पौड्यालले कृतिमा गीत निस्कनु दुर्लभ भएको भन्दै उत्कृष्ट गीतहरुको सङ्ग्रह निस्कनु खुसीको कुरा भएको बताए ।

कृतिकार उर्मिला कोइरालाले कार्यक्रममा बोल्दै निकै दुखका साथ प्रकाशन भएको भन्दै सबैमा धन्यवाद ज्ञापन गरिन् । पुस्तकमा १०१ गीत सङ्ग्रहित छन् । पुस्तकलाई जुनकीरी साहित्यिक अभियान, काभ्रेले प्रकाशन गरेको हो ।


तपाईको प्रतिक्रिया