काठमाडौं । नेपाली लोकसंगीत क्षेत्रमा देवी घर्ती मगर र राजु ढकालको नाम नसुन्ने प्राय कमै होलान् । उनीहरुको नाम श्रोताहरुको लागि प्रिय नाम हो ।
देवी घर्ती मगर बाग्लुङ्गकी हुन् भने राजु ढकालको घर तनहुँ हो । बाहुन र मगर फरक जात र फरक ठाउँ तथा परिवेशबाट आएका भए पनि उनीहरुको दुवै घरपरिवारले सहर्ष त्यो सम्बन्ध स्विकारेपछि विवाह भएको थियो।

संगै कम गर्दै जाँदा उनीहरुले एक–अर्कालाई बुझ्दै पनि गए । त्यसपछि उनीहरुको सम्बन्ध झाङ्गिएको थियो । १० वर्ष अगाडी विवाह गरेका उनीहरुका ७ वर्षीय एक छोरा छन् ।

जातपातको कुरालाई बेवास्ता गरेर उनीहरुले आ–आफ्नो परिवारलाई आफूहरुको विवाहको योजना सुनाए। उनीहरु दुवै जनाको परिवारले खुशीका साथ सम्बन्ध स्वीकारे र उनीहरु बाजा बजाएर नै विवाह भयो ।


तपाईको प्रतिक्रिया