काठमाडौँ – चर्चित सञ्चारकर्मी रवि लामिछाने र पत्नी ईशासँगको करिब २५ वर्ष लामो वैवाहिक सम्वन्धमा ब्रेक लागेको छ । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । रविले श्रीमतीसँग डिभोर्सको कारण भने खुलाउन चाहेका छैनन् ।

तर, अमेरिकामा बस्ने श्रीमतीसँग लामो समयदेखि आफ्नो सम्बन्ध बिग्रेको भन्दै रविले यहीबीचमा एक विदेशी महिलासँग सम्वन्धमा रहेर एक सन्तानसमेत जन्माएको स्वीकार गरेका छन् ।


तपाईको प्रतिक्रिया