काभ्रे । राष्ट्रियता, जनतन्त्र, जनजिविकाका विषयमा चरणवद्ध संघर्ष सुरु गरेको नेकपा (क्रान्तिकारी माओबादी) निकट देशभक्त जनगण्तान्त्रिक मोर्चा, नेपाल काभ्रेले संगठन बिस्तार अभियानलाई तिब्रता दिएको जनाएको छ । यसै क्रममा पुस १६ गते आयोजना गरिएको ३ र ६ को संयूत्त वडा भेलाले रमेश मिजारको संयोजकत्वमा ७ सदस्यीय नमोबुद्ध नगरपालिकाकोे वडा नः ३ कमिटि गठन गरिएको जानकारी प्राप्त भएको छ ।

समितिका सदस्यहरुमा उसा ओझा, दिपेन्द्र रम्तेल, विजय लामा, शम्भु रम्तेल लगाएत रहेका छन् । यसैगरी कपिल न्यौपानेको संयोजकत्वमा राम बहादुर घिकमिरे, सुर्य विक, शिव रिजाल, अर्जुन रिजाल, निर्मला रिजाल, सरिब रसाईली सहित ९ सदस्यीय नमोबुद्ध नगरपालिकाकोे ६ नः वडा कमिटि गठन गरिएको खबर प्राप्त भएको छ ।

भेलाको प्रमुख अतिथी देजमो, नेपालका जिल्ला अध्यक्ष टेक बहादुर वि.क ले राष्ट्रिताको प्रश्नमा यो सरकारले विस्तारवादी संग घुडा टेकेकाले देशभक्त नेपालीहरु एक हुनुपर्ने र राष्ट्रियता, जनतन्त्र, जनजिविका समस्याहरुलाई हल गर्नका संगठित हुनुका बिकल्प नरहेको बताउनु भएको थियो । जनताको नजरमा हामी माथि ठूलो आशा रहेकोले जनअपेक्षाहरु पुरा गर्नु एक मात्र कर्तव्य भएका र जनताको अपेक्षाहरु पुरा गर्ने दिशातर्फ बढ्नु मुल आबस्यक्ता रहेको भनाई राख्नु भयो । साथै भेलामा नगर ईन्चार्ज गुन्जमान तामङ र जिल्ला सदस्य नारायण रिजालको उपस्थिती रहेको थियो । देजमो नगर संयोजक ज्ञान बहादुर लामाको सभापतित्वमा सम्पन्न सम्पन्न भेलामा राष्ट्रितता जोगाउन र महान सहिदहरुले लिएका लक्ष्य पुरा गर्न हामी एक हुने भनाई राख्नु भएको थियो ।


तपाईको प्रतिक्रिया