काठमाडौं – अवैधरुपमा भित्र्याएको चार केजी सुनसहित प्रहरीले तीनजलाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–२ का २७ वर्षीय सञ्जीव वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ बस्ने २४ वर्षीय विकास तामाङ र त्यही ठाउँका अर्का २२ वर्षीय युवक सुरेन्द्र तामाङ रहेका छन् ।

चीनको केरुङ हु“दै रसुवागढीहुँदै  धादिङ पुर्याएको अवस्थामा प्रहरीकोे टोलीलेसुनसहित तीनजनालाई पक्राउ गरेको हो ।दुर्ए बटा मोटरसाइकलमा सुन लुकाएर लैजादै गरेको अवस्थामा प्रदेश तीनको विशेष प्रहरी टोली र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार चीनको केरुङ हुँदै रसुवागढीबाट सुन लिएर उनीहरू बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२(००३ प २५४० नम्बरका मोटरसाइकलमा धादिङको गल्छीबाट गजुरीतर्फ गइरहेका थिए।


तपाईको प्रतिक्रिया