
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग विजेता बन्ने सपना बुनेको थ्रीस्टार क्लब अन्तत तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दैछ ।
पुष २४ गते लिगको समापन दिनमा थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दै छ । तेस्रो स्थान हाशिल गर्न थ्रीस्टारलाई जित अनिवार्य रहेको छ । थ्रीस्टारले जित हात पारे ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गर्ने छ । तर पराजित या बराबरी भएमा उक्त स्थान आर्मीले खोस्न पनि सक्नेछ ।
१२ खेलबाट २३ अंक बनाएको थ्रीस्टार लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट २२ अंक बनाएको आर्मी चौथो स्थानमा छ । थ्रीस्टारभन्दा आर्मी एक अंकले मात्रै पछि रहेको छ ।
त्यस्तै, लिगकै अन्तिम चरणका खेलहरुमा पुस २१ गते जावलाखेल युथ क्लबले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, यही दिन सरस्वती युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
पुस २२ गते आफ्नो अन्तिम खेलमा न्युरोड क्लब ९एनआरटी० र ब्रिगेड ब्वाइज क्लबले प्रतिस्पर्धा गर्दैछ । ब्रिगेड ब्वाइज र एनआरटी अन्तिम दुईमा नपर्नका लागि प्रतिस्पर्धा गर्नेछ ।
रेलिगेसन नभए पनि अर्को वर्ष हुने लिगमा भने १४ औं स्थामा हुने टिमको दुई अंक घट्ने हुनाले दुबै टिम अन्तिम खेल जितेर अन्तिम स्थान छाड्ने लक्ष्यमा छन् । त्यस्तै, १३ औं स्थानमा हुने टिमको एक अंकमात्र घट्नेछ ।