काभ्रे – उद्योग पर्यटन बन तथा बातावरण मन्त्रायल ३ नं प्रदेशले पारित गरेको नदीजन्य पदार्थ संकलन र उपयोग समबन्धमा ब्यबस्थापन गर्न बनेको कार्यबिधि अनुरुप खानि जन्य उद्योगहरु संचालन भए नभएको बारे स्थानिय तहले नियमनकारी कार्य शुरु गर्न थालेका छन् ।

यसै सन्दर्भमा काभ्रेको रोशी गाउँ पालिकाले बुधबार सरोकारवालाहरु संग पहिलो चरणको बैठक गरेर कार्यविधि अनुरुपका खानी तथा क्रसर संचालन गर्न सम्बन्धित पक्षलाई सूसूचित समेत गराएको छ । बैठकले कार्यबिधिमा उल्लेख भएको साधारण निर्माणमुखि खनिज उत्खनन सम्बन्धि सार्वाजानिक जानकारीका लागि होडिङ बोर्ड लगाउने निणर्य गरेको छ ।

रोशी गाउँपालिका तथा रोशी खोला क्षेत्र भित्र संचालनमा रहेको ढुङ्ग खानी तथा क्रसर उद्योगहरुबाट उत्पादन भएका धुलो तथा डस्टलाई यथासिघ्र ब्यवसायीहरुलेनै यथोचित रुपमा बवस्थापन गर्नुपर्ने र रोशी खोलामा नमिसाउने तथा नफाल्ने र रोशी खोलालाई प्रदुषण मुक्त बनाउनको लागि प्रतिवद्धता सहितको निर्णय गरेको छ । साथै ४० दिन भित्र क्रसर तथा खानीबाट उत्पादन तथा निस्किएको धुलो र डस्ट सही ढंगले ब्यवस्थापन गर्न ब्यवसायीहरुले पनि प्रतिवद्धता गरेका छन् । साथै रोशी क्षेत्रमा बातावरण मैत्री क्रसर र खानी ब्यवसाय संचालन गर्न समेत बैठकमा सहमति गरिएको छ ।

उक्त बैठकमा बोल्दै गाउँपालिका प्रमुख दलबहादुर लामा (डिबि¬)ले गाउँपालिकाले गाउँपालिका भित्र संचालनमा रहेको बिभिन्न उद्योगहरु कानुन सम्वद्ध संचालन हुनु पर्ने जोड दिए । सरकारले तोकिएको मापदण्डमा कुनैपनि कमी कमजोरी बाँकी नराखी उद्योगीहरुले आफ्नो उद्योग चलाउनुपर्ने प्रमुख लामाले बताए । रोशी क्षेत्रमा संचालनमा रहका धेरैजसो उद्योगहरुको बिषयमा गुनासो आएको, खानी र क्रेसरहरुले जनगुनासोलाई सुनुवाई नगरेको,अब्यवस्थित रुपमा क्रसर खानी संचालन गरिरहेको जनगुनासो समेत आएको लामाले बताए । स्थानिय सरकार आएपछि प्रदेश सरकारले बनाएको कार्यबिधि अनुसार क्रसर र खानी संचालन गराउन र मापदण्ड बिपरीत संचालन भईरहेका खानी तथा क्रसरहरुलाई कानूनी कार्वाही गरेर अघि बढ्ने ध्येयले सरोकारवालाहरु संग पहिलो चरणको बैठक राखेको गाउँपालिका प्रमुख डिबि लामाले बताए ।

 

रोशी गाउँपालिका प्रमूख प्रशासकिय अधिकृत कृष्ण प्रसाद बस्यालले सरकाले बनाएको मापदण्ड सबै उद्योगी व्यवसायीहरुले मान्नु पर्ने बताए । प्रदेशले पठाएको कार्यबिधि सबै क्षेत्रको हितको लागि भएको र मापदण्ड नपुगेको ब्यवसायिहरुले बैकल्पिक ब्यवस्थापनको लागि सोच्नुपर्नेमा उनको जोड थियो । रोशी क्षेत्रमा रहेको कुनैपनि क्रसर र खानीहरु मापदण्ड भित्रमा नरहेको रोशीका नेकपा नेता बज्रध्वाज लामाले बताए । गाउँपालिकाले सरोकारवाला संग राखेको बैठकमा केहि क्रसर ब्यवसायिको उपस्थिति किन भएन ? के उनिहरुले सरकारको निति नियम पालना गर्न नचाहेका त होइनन् ? छलफलमा गाउँपालिकाले पत्र काटेर बोलाउँदा समेत नआउने मादपण्ड पालना गरेर क्रसर संचालन नगर्ने क्रसरवालाहरुलाई स्थानिय सरकारले छोड्न नहुने उनले बताए ।

रोशी गाउँपालिकाको छिमेकी नगरपालिक नमोबुद्ध नगरका नेपाली कांग्रेसका नेता कुन्साङ लामाले छलफलमा ब्यवसायि मित्रहरुले सरकारले ल्याएको मापदण्ड भित्र रहेर उद्योग संचालन गर्नुपर्ने बताए । उक्त बैठकमा क्रसर ब्यवसायि महासंघ काभ्रेका अध्यक्ष भरत घिमिरेले सरकारले उद्योग व्यवसायी मैत्री मापदण्ड नल्याएको उनको जिकिर गरे । सरकारले ल्याए जस्तो मापदण्ड मानियो भने अहिले जिल्लामा रहेका सबैजसो क्रसरहरु बन्द हुने उनले बताए । सरकारले भनिएको जस्तो घना बस्ती कस्तोलाई मान्ने घना बस्तीको लागि एक हजार घरपरिवार भएको हुनुपर्ने घिमिरको भनाई थियो ।

रोशी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष रामहरी गौतमले स्थानिय व्यवसायिहरुले स्थानिय जनताहरुको हितको लागि काम नगरेको बताए । मेरो वडामा भुकम्प पिडितको लागि यहाँ भएको उद्योगहरुले चाहिने सामग्री नदिएपछि नमोबुद्ध नगरपालिकाबाट ल्याएर भुकम्प पिडितहरुले घर बनाउनुपरेको दुखेसो पोखे । स्थानिय सरकारलाई बेवास्था गरेर मादपण्ड भन्दा बाहिर रहेर संचालनमा रहेका क्रसर बन्द हुनु पर्ने उनले बताए । उक्त बैठकमा सरोकारवाला क्रसर र खानीका संचालक प्रतिनिधिहरु, गाउँपालिकाका वडा अध्यक्षहरु, स्थानिय समाजेबीहरु लगायत गाउँपालिका प्रमुखको अध्यक्षतामा बैठक बसेर छलफल गरिएको थियो ।


तपाईको प्रतिक्रिया