– छवि श्रेष्ठ, 

काभ्रेली भुमिमा विगत १५ बर्षदेखी नेपाली साहित्यको क्षेत्रमा आम सर्जकको दिलको गजुर बन्दै आइरहेको जूनकीरी साहित्यिक अभियान, बनेपा यहि पौष २१ गते शनिबार सशक्त कवि उर्मिला कोइरलाको नवीन कृति ‘दिलको गजुर’ लिएर आउँदैछ ।

अग्रज देखि अनुजसम्मका कला, साहित्यप्रेमीहरुको ढुकढुकी बनेर उदाएको जूनकिरी पछिल्लो समय आफ्नो मासिक नियमित रचनावाचनलाई पछि सार्दै वार्षिक कार्यक्रम गरिरहँदा नव सर्जकहरुले प्लेटफर्म नपाउने हुन् कि भन्ने प्रश्न उठेपनी गुणात्मक रुपमा बलियो हुँदै गएको प्रती खुसी लागेको छ । उसो त जूनकिरीलाई मैले सानैदेखी सुनेको हुँ । हालका जूनकिरीका कार्यक्रम संयोजक घायलयोद्धा नवराजले सञ्चालन गर्ने रेडियो कार्यक्रम ‘अनुराग’ र ‘सृजनाका सौगातहरु’ सुन्दै हुर्किएको म जूनकिरीको कार्यक्रमको बारेमा रेडियोमा धेरै जानकारी सुन्दा लाग्थ्यो जिउँदो साहित्यिक संस्था जूनकिरी मात्रै हो ।

२०५९ सालमा आर.सी ‘विरहि’को टोलिले सुरु गरेको जूनकिरी माधव काभ्रेलीको नेतृत्व हुँदै पछिल्लो समय कार्यवाहक प्रमुखको रुपमा कार्यक्रम संयोजक घायल योद्धा नवराजको नेतृत्वमा संचालन हुँदै आएको छ । रविन बिष्ट ‘स्नेही’, उर्मिला कोइराला, अनामिका सजल लगायत सकृय युवा साहित्यकारहरुले जूनकिरीलाई अझै फराकिलो बनाँउदै लगिराखेका छन् , जुन हामी सबैको लागि गर्वको कुरा हो । सशक्त कविको पहिचान बनाइसकेकी कवि उर्मिला कोइराला ‘दिलको गजुर’ मार्फत गीतकारको रुपमा उदाउन लागेकी हुन् ।

कवि कोइराला गत वर्षको नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता प्रतियोगितामा तृतीय भएकी कवि समेत हुन् । ‘दिलको गजुर’ पौष २१ गते शनिबार मध्यान १२ बजेपछि बनेपा नगरपालिकाको हलमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्यायले लोकार्पण गर्दैछन् भने कृतिमाथी बरिस्ठ समिक्षक महेश पौड्यालले समिक्षा गर्नेछन । साथै लोकप्रिय सञ्चारकर्मी तथा बरिस्ठ कवि नवराज लम्साल, संगीतकार सुरेश अधिकारी, बरिस्ठ साहित्यकार मोहन दुवाल लगायतले टिप्पणी गर्नेछन् । कार्यक्रममा अग्रज तथा अनुजको रचना वाचन समेत हुनेछ । कार्यक्रममा सहभागी भएर सफल बनाउनु तपाई हामी सबैको दायित्व हो ।


तपाईको प्रतिक्रिया