काभ्रेपलाञ्चोक – छोराछोरीले खाना बनाउन नजान्दा आफन्तको घरमा समेत जान नपाउने श्रीखण्डपुरका बद्री तिमल्सिना शनिवार निक्कै हर्षित थिए । श्रीखण्डपुरको सेन्टलम एल्बम एकेडेमीमा कक्षा १० मा अध्ययरत छोरी निरुता तिमल्सिनाले आलुचप बनाईरहेको देखेर उनको खुसीको सिमानै थिएन ।

दैनिक झोला बोकेर स्कूल जाने र आउने बाहेक छोरीले प्राविधिक र घरायसी कामकाजी कुरा नसिक्दा तिमल्सिनालाई विद्यालयमा मासिक रुपमा तिर्ने शूल्क समेत मन दुखाएर तिरेको जस्तो लाथ्यो । बनेपा धनेश्वरका विष्णु न्यौपाने तिमल्सिना जत्तिकै खुसी भेटिए । छोरा सुवासले पकौडा बनाइरहेको देखेर न्यौपानेले छोराले बनाएको एक प्लेट पकौडा किनेरै खाए । शनिवार,श्रीखण्डपुरको सेन्टलम एल्बम एकेडेमी प्राङ्गणमा छोराछोरीले यो बर्ष सिकेर बनाउँदै गरेका विभिन्न परिकार खानमै व्यस्त थिए ।

पछिल्लो समय छोराछोरीले दैनिक जीवनमा आवश्यक पर्ने परिकार बनाउन नजान्दा घरवाट बाहिर निस्कन पाउनै सकेका थिएनन् । तर विद्यालयले विद्यार्थीका लागि आवश्यक दैनिक जीवनका आधारभुत कुराहरुको कोर्षमै राखेर पढाएर आत्मनिर्भर बनाउँदा अभिभावकहरु निक्कै खुसी भएका छन् । ‘ मैले आफैले खाना बनाउन सक्छु भन्ने सोचेको समेत थिईन’ सुवास न्यौपानेले भने,‘ अब आमाबुबा ढिला भएको दिनमा आफै खाना बनाउन जान्ने भएको छु ।’

विद्यालय स्तरको पढाईपछि खाना बनाउन नजान्ने पिरले अभिभावकहरुले छोराछोरीहरुलाई होस्टलमा राख्ने वा होटलमा खाना खुवाउने पर्ने बाँध्यता देखेपछि विद्यालयले यो बर्षदेखि कक्षा ८,९ र १० का विद्यार्थीहरुका लागि दैनिक जीवनमा आवश्यक रहेका कृयाकलापहरु सिकाउन थालेको विद्यालयका प्रिन्सिपल अग्नीप्रसाद ज्ञवालीले बताए ।

‘हामीले रहेक बर्ष असार १५ मा धान रोपाई,८,९ र १० का विद्यार्थीहरुलाई खाना बनाउन सिकाएका छौ’प्रिन्सिपल ज्ञवालीले भने । हामीले हरेक विद्यार्थीहरुको घरमा बगैचा र आवश्यक फलफुल रोपियोस् भनेर गार्डेनको काम गरिरहेका छौ विद्यालयका शिक्षक रविन्द्र धितालले भने ।
विद्यार्थीहरुलाई दैनिक जीवनमा आवश्यक रहेको व्यवहारिक ज्ञान प्रदान गरेसँगै अभिभावकहरुमा खुसीयाली छाएको छ । खाना पकाउने र खुवाउने पिरलोकै कारण घरवाट निस्कन छोराछोरीको बिदानै कुर्नुपर्ने अभिभावकहरुले राहतको महसुस गरेको बताएका छन् । बनेपाका अभिभावक नरहरि लामिछानेले विद्यालयले रचनात्मक काम गरेको भन्दै धन्यवाद व्यक्त गरे ।


तपाईको प्रतिक्रिया