एपीवान एचडीबाट प्रसारण हुँदै आएको नेपाल आइडल सिजन २ का पाँच प्रतिस्पर्धी यतिबेला जापान टुरमा छन् । उनीहरुले आ–आफ्नो सामाजिक सञ्जाल फेसबुकमा तस्विरहरु पोस्ट्याउँदै मस्ति गरिरहेका छन् । केहि दिन अगाडिमात्र नेपाल आइडलको फाईनल ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा सम्पन्न भएको थियो ।
फाईनलमा पोखराका बिक्रम बराल, झापाका सुमित पाठक, अस्मिता अधिकारी र धनगढीका रवि ओड गरी चार जना फाईनलमा पुगेका थिए । उनीहरुमा मध्ये चौथो अस्मिता अधिकारी तेस्रो सुमित पाठक, दोस्रो बिक्रम बराल र प्रथम रवि ओड भएका थिए ।


तपाईको प्रतिक्रिया