
– अश्रु नेपाल, काभ्रेपलाचोव्क
“गजल”
मान्छेलाई मान्छे बनाउने आत्मसम्मानले हो
दुश्मनलाई जलाउने भनेकै मुस्कानले हो ।
रूपवती छौ गुणवती छैनौ कसरी भनौ राम्री
चिनिने तिमी तिम्रो चरीत्रले हो पहिचानले हो।
सिकाउने कसले यहाँ सरकार आफै ठूलो हुँदा
उखानले हैन देश चलाउने बिधानले हो ।
धन देखाएर सान देखाएर हेप्छौ किन अरुलाइ?
जति गर घमण्ड ,अन्तिममा बोलाउने चिहानले हो।
जूनतारा खसाउछु भनेन,भनेन मोति ल्याउछु
यो दिल चोरेको हो त्यही जवानले हो ।