– रमेश घिमिरे ‘कर्मशिल’,
बनेपा न.पा -२, घिमिरेगाउँ, काभ्रेपलान्चोक –

“गजल”
सुख मात्र बुदं लाग्छ दु:ख किन बिस्कुन लाग्छ
छेउमै छँदा पित्तल लाग्छ टाढीएपछी सुन लाग्छ ।

एउटा हिलोमा फुल्छ अर्को सँग काँडै काँडा
भन प्रिय गुलाफ र कमलमा प्यारो कुन लाग्छ ।

कतिबेला हावा खुस्किन्छ पत्तै हुन्न कति पनि
त्यसैले यो जीन्दगी हावा भरिएको बेलुन लाग्छ ।

छुँदै छुन्न हुनेलाई बहुत सताउँछ नहुनेलाई
सबैभन्दा पक्षपाती मेरो देशको कानुन लाग्छ ।

धर्म छैन कर्म छैन जहिल्यै साँझमा भट्टीतिरै
संस्कार सबै भुलिसक्यो त्यो मान्छे बाहुन लाग्छ ।

प्यार हारेँ जीवन हारेँ अब केही छैन बाँकी
आफ्ना कोही भएदेखी जहर देउ गुन लाग्छ ।


तपाईको प्रतिक्रिया