काभ्रेपलान्चोक – नेपाली कलाक्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार तथा चलचित्र निर्मााता बिक्रम जंग शाह कोरियन खाना र कोरियन संस्कृतिको प्रवद्र्धनमा लागेका छन् ।

कलाकार शाहले हालै मात्र नेपाल र कोरियाको लोक संस्कृति संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले लाजिम्पाटको उत्तरढोकामा ‘किङ्स प्यालेस रोधी घर एण्ड के पप’ संचालनमा ल्याएका छन् । जहाँ नेपाली र कोरियन संस्कृतिसँगै नेपाली कोरियन खानाको स्वाद लिन सकिन्छ । राजधानी स्थित उत्तरढोकामा ‘किङ्स प्यालेस रोधी क्लब एन्ड के पप’ केहि दिन अघि मात्रै भव्य समारोहकाबीच समुद्ुघाटन गरी संचालनमा आइसकेको छ । विगत लामो समयदेखि नेपाली कलाक्षेत्रमा सक्रिय शाह फिल्म निर्माणसँगै ब्यबसायमा समेत संलग्न रहँदै आएका छन् ।

उक्त रोधी क्लबमा नेपाल र कोरियोको संस्कृति दर्शाउने वातावरण पाइने रोधीका प्रबन्ध निर्देशक समेत रहेका शाह बताउँछन् । यस रोधीमा पूर्ण पारिवारिक वातावरणमा नेपाली र कोरियन संस्कृतिको मजा लिन सकिने शाहको दाबी रहेको छ । उनी थप्छन्,–‘हामीले रोधीमा एउटा पारिवारिक माहोल तयार पारेका छौ, जहाँ संस्कृतिका विभिन्न पाटो समेत देख्न पाउँछौ ।

यहाँ नेपाली तथा कोरियन परिकारको साथमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति समेत सधैं लाइभ हेर्न पाइनेछ । हामीले नेपाली खानासँगै कोरियन खानालाई विशेष सेफको निगरानीमा तयार गर्ने गरेका छौ ।’ रोधीमा शुद्ध हाइजेनिक खानाको सेवा नै हाम्रो मुख्य लक्ष्य रहेको समेत शाह बताउँछन् । देश विदेशका कार्यक्रममा सधैं व्यस्त रहने शाह कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा समेत सक्रिय रहदै आएका छन् । उनी राष्ट्रिय संगितकर्मी महासंघका केन्द्रिय महासचिव समेत हुन् ।


तपाईको प्रतिक्रिया