काभ्रेपलान्चोक । अंग्रेजी नयाँ वर्ष २०१९ का लागि धुलिखेलका होटलहरु भन्दा पनि काभ्रेपलान्चोक जिल्लामा रहेर संचालक भएको होमेस्टे भरिभराउ भएका छन् ।

नयाँ वर्ष मनाउनको लागि काभ्रेको धुलिखेलमा रहेको होटल भन्दा पनि होमेस्टेहरुमा १-२ महिना अगाडी देखि नै बुक भएको थियो । होमेस्टेका सबै घरहरु भरिएका होमेस्टे संचालकहरु बताउनुहुन्छ ।

नयाँ बर्ष जनावरी १ का लागि काभ्रेको होमेस्टे बुक गर्नेमा ९० प्रतिशत बाह्य पर्यटक रहेका होसन प्रदेश नम्बर ३ का सदस्य तथा पात्लेखेत सामुदायिक होमेस्टेका संचालक नारायण बहादुर तामाङले जानकारी दिए ।

तामाङको अनुसार ‘देशको राजधानीबाट नजिक, मनोरञ्जनको लागि रमणीय ठाँउ, शान्त वातावरण, नयाँ वर्ष मनाउन पारिवारिक रुपमा आउने संख्या धेरै रहेको बताउछन ।’

नयाँ वर्षका लागि काभ्रेका होमेस्टेहरुले विभिन्न साँस्कृतिक कार्यक्रम, पुराना संस्कार संस्कृतीको जंगेर्ना गर्न पर्छ भन्ने उदेश्य लिएको छ ।

काभ्रेमा नयाँ बर्षको लागि होमेस्टे र होटल गरेर ५००० हजार भन्दा बढी पर्यटकको बाँस बस्ने अनुमान गरेको छ ।


तपाईको प्रतिक्रिया