चौरीदेउराली । काभ्रेको विकट कोशीपारिको चौरीदेउराली गाँउपालिकाका दुई विपन्नलाई प्रतिरोधी घर बनाएर प्रचण्डको हातवाट हस्तान्तरण गरेसँगै यतीबेला कारितास नेपालको चर्चा जिल्लाभरी फैलिएको छ ।

चौरीदेउराली गाँउपालिका वडा नं. २ नाग्रेगर्गचेमा आयोजित एक समारोहका बिच पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कारितास नेपाल नामक गैरसरकारी सस्था ले चौरीदेउराली गाउपालिका वडा नं. २ नाग्रेगर्गचे को सिफारिसमा यसै वडाका भुकम्प प्रभाबित अनुदान प्राप्त गर्ने लाभग्रााहि सुचीमा समेत परेका श्री कमलप्रसाद चौलागाई तथा सुश्री सन्तमाया प्रधान को लागि निर्माण गरीदिएको दुई कोठे भुकम्प प्रतिरोधि नमुना घर तथा शौचालय हस्तान्तरण गरेसँगै कारितासको चर्चा जिल्लाभरी फैलिएको हो ।

सामाजिक संस्थाहरुले सोचे जस्तो काम नगरेको समयमा कारितास नेपालले भुकम्प प्रतिरोधी घर बनाएर प्रचण्डको हातवाट हस्तान्तरण गरेसँगै कारितासको चर्चा चुलिएको हो ।

कारितास नेपालले निर्माण गरेको घर प्राप्त गर्ने चौलागाई ५२ बर्ष उमेरको ढाडको समस्याका कारण दिर्गरोगी बनेको र काम गर्न समेत समस्या रहेकाले आर्थिक स्थिति अत्यन्तै कमजोर रहेको र श्रीमती को समेत स्वर्गारोहण भईसकेको र हाल एक १० बर्षे एक छोरिको लालनपालन गर्नसमेत कठिनाई परेको देखिन्छ ।

त्यस्तै सन्तमाया प्रधान कान नसुन्ने, एकल ४० बर्षकी अबिबाहित महिला र आफ्नो बाबु तथा आमासमेत गुमाईरकेकी उनको आम्दानीको कुनै स्रोत नहुदा आर्थिक स्थिति समेत कमजोर छ । उहाँहरुको आर्थिक स्थिति हेर्दा उहाँहरु आफैले घर बनाउँन सक्ने सम्भावना नदेखिएकाले घर बनाउन उहाँहरुको नाम सिफारिस गरिएको चौरीदेउराली २ का वडा दिनेश लामा ले बताए ।

अब मेरो पनि आफ्नै सुरक्षित घर बनेकोमा अत्यन्त खुसि छु र बनाईदिने लाई धन्यवाद दिन चाहन्छु” घर प्राप्त गरिसकेपछी कमलप्रसाद चौलागाँई ले बताए ।


तपाईको प्रतिक्रिया