छवि श्रेष्ठ,
बेथानचोक गाउपालिका, काभ्रेपलाचोव्क –

                      “गजल”
जस्ले जीवन बितायो आत्मसम्मानमा बसेर
आज उस्कै कुरा काटिन्छ दोकानमा बसेर

मलाई रुवाईरहन्छ आफ्नै भाग्यले पनि
जसरी भक्कानिन्छिन् आमा दलानमा बसेर

आज यो प्रकृति यसरी रुझेको छ की मानौ
संसार नियाल्न सकिन्छ बगानमा बसेर

हेर्नुस् उस्को एजेन्डा यति फितलो देखियो
उ एक्छिन टिक्न सकेन अडानमा बसेर

अभाव नचिन्ने बुहारीले कसरी पो धान्ली
आमा! तिम्ले जस्तै जिन्दगी खटानमा बसेर


तपाईको प्रतिक्रिया