रोशी – इलाका प्रहरी कार्यालय मंगलटारको आयोजनामा काभ्रेको रोशी गाउँपालिका वडा नं ९ र ११ को स्थानिय युवाहरु र प्रहरी बिच आज मैत्रीपुर्ण फुटबल सम्पन्न भएको छ ।

रोशी गाउँपालिका वडा नं ११ कालढुङ्गमा भएको मैत्रीपुर्ण गेममा युवाहरुको टिमले इलाका प्रहरीको टिमलाई ४ गोल ठोकिएको थियो भने प्रहरीको टिमले भने २ गोल फर्काउन सफल भएको छ । स्थानिय युवाहरुको तर्फबाट जेम्स मिप्चान, राजु श्रेष्ठ र अरुण थापामगरले गोल गर्न सफलभएको स्थानिय भिम श्रेष्ठले बताए । प्रहरीको टिमबाट प्रहरी निरिक्षक सुशिल केसि र प्रहरी जवान राजन मगरले गोल गर्न सफल भएको श्रेष्ठले बताए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार इलाका प्रहरी कार्यालय मंगलटारको आयोजनामा मैत्रीपुर्ण फुटबल गेम भएको इलाका प्रहरी कार्यालय मंगलटारको प्रमुख एवं प्रहरी निरिक्षक सुशिल केसिले बताए । प्रहरी र स्थानिय बिचको अन्तर सम्बन्ध मजबुद र बिश्वासनियतामा बृद्धि गराउने उद्देश्यले मनोरञ्जनमुलक फुटबल गेम भएको प्रहरी निरिक्षक केसिले बताए । रोशी ११ का स्थानिय युवा समाजसेवी पवनकुमार लामा मिप्चनले मैत्रीपुर्ण खेलबाट प्रहरी र जनता बिचको सम्बन्धलाई सकारात्मकरुपमा लिन सकिने बताए ।

आज भएको मैत्रीपुर्ण खेलबाट जनता र प्रहरी संग संगै हुने बातवारण हुन सक्ने पवनकुमार लामा मिप्चनले बताए । प्रहरीको समुदायमा प्रहरी भन्ने मुख्य उद्देश्य अनुसार स्थानिय युवाहरु एकजुटभएर खेल संगै प्रहरी संग सहकार्य गरेर शान्ति सुरक्षा कायम गर्नको लागि यस्तो खेलको महत्वपुर्ण भएको स्थानिय युवा अजय लामा मिप्चनले बताए । खेलबाट युवा र प्रहरी दुवैको स्वस्थ्यमा सहयोग पुग्ने भएकाले युवाहरुलाई खेलमोह देखाउनको लागि यस्तो गेमहरु भइरहनुपर्ने अजय लामाले बताए ।


तपाईको प्रतिक्रिया