-इन्द्र भट्टराई,
उदयपुर (हाल : काठमाडौ) – 

                “गजल” 

ए! मायालु तिमीपनी कस्तो झ्याउ गर्छेउ ।
मुला खाएर मेरै अगाडि ढ्याउ गर्छेउ ।

बिहेअघि ज्यान दिन्थ्यौ ,कति मीठो बोल्थ्यौ ।
अहिले त जेमा पनि ट्याउँट्याउँ गर्छेउ ।

कोही केटीसङ्ग बोल्नै हुन्न तिम्रो अघि
को हो त्यो म सोध्छु खै नम्बर ल्याउ गर्छेउ ।

कोसेलीपात किन्दाकिन्दै कङ्गालै भएँ
खै कुराउनी? खै खिर? खै त स्याउ गर्छेउ ।

हैकम तिम्रो यतिसम्म चल्न थाल्यो कि
म सक्दिन बच्चा तिमी आफैं ब्याउ गर्छेउ ।।

 


तपाईको प्रतिक्रिया