राँझा – इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरीलाई घूस दिन खोज्ने दुई गोरु व्यापारी पक्राउ परेका छन् ।

प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहलाई रु ५० हजार घूस दिन खोज्ने कोहलपुरका नवराज थापा र हेटौँडाका अब्दुल देवान पक्राउ परेका हुन् । “बिहान फोन गरेर जरुरी काम छ भनेका थिए, मैले केही मुद्दा मामिला होला भनेर कार्यालयमै आउनुस् भनेको थिएँ,” नायब उपरीक्षक सिंहले भन्नुभयो, “हामी गोरु व्यापारी हाँै, सहयोग गर्नुप¥यो भन्दै मेरो टेबलमा पैसा राखेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।”

बाँकेका ग्रामीण क्षेत्रबाट गोरु जम्मा गरी तस्करी हुने गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार मात्र नेपालगञ्ज पुगेर बाँके र बर्दियाका प्रहरी अधिकारीलाई प्रलोभनमा पारेर रकम दिन खोज्नेलाई पक्राउ गरेर मुद्दा चलाउन निर्देशन दिनुभएको थियो ।


तपाईको प्रतिक्रिया