
रामचन्द्र लम्साल,
मण्डनदेउपुर-७, काभ्रेपलान्चोक –
बेस्सरी रिसाउने बानी हजुरको ।
ब्यक्तिगत हो कि खान्दानी हजुरको ।।
काँडै काँडाबिच फक्रदो गुलाफ ।
जस्तो कि दुरुस्तै जवानी हजुरको ।।
मै सानो भैदिउँला जो मर्जी होस् ।
के सेवा गरौँ महारानी हजुरको ।।
शासन हजुरकै चल्नेछ किन कि ।
न देउरानी न जेठानी हजुरको ।।
आँखाबाटै घायल पार्नु भो मलाई ।
रहेछन् नजर बेइमानी हजुरको ।।