काठमाडौँ – नेपाल आइडल बनेका रवि ओडकी आमाको मृत्यु भएको छ । उनको बुधबार विहान करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई बिहान पौने ९ः०० बजे अस्पताल पु¥याइएलगत्तै चिकित्सकले मृत घोषित गरेको सेती अञ्चल अस्पताल प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिए ।

उनी रविकी कान्छी आमा भएको र उनलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कुबेर कडायतले रातोपाटीलाई जानकारी दिए ।

गत पुस ६ गते (शुक्रबार) ओड नेपाल आइडल–२ का विजेता बनेका थिए ।

हिजो मात्रै गृहजिल्ला पुगेका ओडलाई भव्य स्वागत तथा सम्मान समेत गरिएको थियो ।


तपाईको प्रतिक्रिया