– छवि श्रेष्ठ, 

प्रियसी ..
हाम्रो अजर प्रेमको अमर कहानी लत्याई
गतसाल तिमिले लगनगाँठो कसेउ, अर्कै सङ्ग ..
••
एउटा जीवित खामभित्र मृत निमन्त्रणा कोचेर पठाएकी थिएउ मलाई पनि
म साँच्चै भक्कानिएको थिएँ जिन्दगीकै पहिलो पल्ट त्यस दिन,
जुन दिन त्यो निम्ता मैले पाएको थिँए
त्यो निम्ता पढिरहदा मलाई लागिरहेथ्यो कि
त्यो निम्ता मेरी प्रियसीको विवाहको नभै
मेरो जिन्दगीको अवकाश पत्र हो ।
••
मेरा आखाबाट खसेका आशुहरु तप्प चुहियो र पोखियो मेरो पाउभरी
अनि गिज्याए मलाई निक्कैबेर
र नाचिरहे आखैँअघि
प्रियसी तिम्रा विवाह मण्डपका तस्वीरहरु ।
••
तिम्रो विवाहको दिन
एकाबिहानै, एक जोडी ढुकुरहरु
मेरो कोठाको झ्यालअघि आए र गरे कानेखुसी
म निष्पट अन्धकारबाट बिउझीएको मान्छे
र बिउझदा पनि उस्तै लागिरहेथे काला बादलहरु
मेरो प्रिय आकाशमा…
ति ढुकुरका जोडि भुर्र उडेर गै सकेपछि
म उठेर निस्कदा बाहिर
मेरा पैतालाहरुमा घोचिरहेथे राता गुलाफहरुले ।
••
म छोरोबाट कुलङ्गार त्यसै दिन भएको हुँ
जुन दिन मेरी आमाका नयनबाट बर्षेका प्रेमधारा
बाबाका गलाबाट निस्केका कारुणिक चित्कार बिर्सेर
म तिम्रो प्यारको पछाडी फगत डौडेथेँ ।
••
त्यसदिन, मैले मात्र सम्झिरहेथेँ तिम्रो विवाह मण्डपलाई
हेरिरहेथे तिम्रो कोमल हातको औलामा बाधिएको औठी
त्यो सिउँदोमा थोपरिएको गहन भारको सिन्दुर
त्यो निर्दोष घाटीमा लगाइएका जन्जिरहरु
र तिम्लाई कैद गर्न नजिकै राखिएको कालो डोली
अनि त्यसको नजिकै पहरा दिइराखेका काला सिपाहीहरु
ठुलै अपराधी झै घुम्टोले छोपेर तिम्लाई
त्यस माइतीघर बाट ति सिपाहीको जिम्मामा
छोड्नै लाग्दा मैले सोचिरहेथे कि
कोहि आवोस र भनिदेवोस मलाई
कसरी गर्न सक्छु म रक्षा
प्रियसी तिम्रा विवाह मण्डपका तस्वीरहरु ।।
••
रुँदारुँदै आघात भैसकेका यि मुटुहरु
पोख्दापोख्दै खात भैसकेका यि ब्यथाहरु
निकै कठिनपुर्वक सम्हालेर
दिनभर पोलेर खरानी भएको
हाम्रो चोखो प्यारको निशानी
एक चिम्टी खरानी त्यै चिताबाट उठाई
यो अभागी निधारमा टाँसेर म निस्किएको थिँए
प्रियसी, तिम्रो विवाह मण्डपबाट ।।
••


तपाईको प्रतिक्रिया