बनेपा – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अरुले कांगे्रसको विधान उत्कृष्ट भनेर प्रशंसा गर्नुको सट्टा आफैले उत्कृष्ट भएको भन्दै आफ्नो प्रशंसा आफैले गरेका छन् ।

नेपाली कांग्रेसको महासमितिवाट निर्णय गरेर पास भएको विधान संसारकै उत्कृष्ट रहेको कांग्रेसको बरिष्ठ पौडेलले दावी गरेका छन् । महासमितिको बैठकवाट बनेको बिधानले पाटीको आन्तरिक लोकतन्त्रमा आवश्यक रहेको सबै अधिकार प्रदान गरेकाले विश्वकै उत्कृष्ट रहेको पौडेलले दावी गरेका छन् ।
मंगलवार काभ्रेको बनेपामा रेडियो अरनिको ९६.३ ,अरनिको टेलिभिजन तथा अरनिको डटकमको औपचारिक उद्घाटन गर्दै बरिष्ठ नेता पौडेलले कांग्रेसको विधान विश्वकै राजनीतिक दलहरु मध्ये उत्कृष्ट रहेको बताएका हुन् ।

 

हामीले महासमितिको बैठकवाट हरेक कमिटिमा निर्वाचन मार्फत प्रतिनिधी चयनको व्यवस्था गरेका छौ मन् त्री पौडेलले भने ‘विश्वको कुनै पनि राजनीतिक दलले हाम्रो जस्तो विधान बनेको छैन, हाम्रो विधान अरुले पनि सिकोस ।’ कांग्रेसले निर्माण गरेको विधानमा आन्तरिक लोकतन्त्र र समावेशीलाई प्रथम प्राथमिकतामा राखेको बरिष्ठ नेता पौडेलले दावी गरे । कांग्रेसले बनाएको बिधानमा हरेक आन्तरिक समितिमा निर्वाचन मार्फत प्रतिनिधी चयन हुनेछन् ।
कार्यक्रम अरनिको नेटवर्कको अध्यक्ष शंकर अधिकारीको सभापतित्वमा भएको थियो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नंम्बर ३ का सचिव सुरेशप्रसाद हुँमागाई, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, नेकपाका नेता सुर्यमान दोङ, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, पाँचखाल नपाका मेयर महेश खरेल, बेथानचोक गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, नेपाली काग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्य, पूर्व उद्योग राज्य मन्त्री कंचनचन्द्र वादे लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।


तपाईको प्रतिक्रिया