बनेपा – संञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले राज्यका नागरिकहरुलाई फरक फरक धर्म मान्ने अधिकार प्रदान गरेपनि राज्य भने धार्मिक रुपमा स्वतन्त्र रहेको बताएका छन् । मुलुकमा फरक फरक धर्म मान्ने व्यक्ति भएपनि देश भने धार्मिक रुपमा स्वतन्त्र रहेको बताएका हुन् ।

 

मन्त्री बाँस्कोटाले नेपाल धार्मिक रुपमा स्वतन्त्र राष्ट्र भएकाले सबै धर्मको राज्यले सम्मान गर्ने बताएका हुन् । मंगलवार काभ्रेको बनेपा ख्रिष्टियन समाजले आयोजना गरेको सांँस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले धर्म व्यक्तिको नीजि स्वतन्त्रताको कुरा भएको बताएका छन् । राज्य सबैको साझा भएकाले राज्यको कुनै पनि धर्म नहुने मन्त्री बाँस्कोटाले बताए । ‘ सदियौदेखि अखण्ड रुपमा एकै समुदायमा बस्दै आएका जात, धर्म, सँस्कृती तथा भेषभुषालाई खण्ड पार्ने दुश्प्रयास नेपाली नागरिकले सफल हुन दिने छैनन’मन्त्री बाँस्कोटाले भने । विगतदेखिनै नेपालमा धार्मिक सहिष्णुता कायम भएको बताउँदै मन्त्री बाँस्कोटाले नेपाली जनता सदैव धार्मिक सद्भाव कायम गराउने बताए ।

 

हरेक धर्म मान्ने पाउने नागरिकको स्वतन्त्रताको कुरा हो भएकाले नेपालीलाई धार्मिक स्वतन्त्रता रहेको बताउँदै मन्त्री बाँस्कोटाले धर्म सदैव नैतिकता,मूल्य पद्धती आधारित रहेर मानव जातीको कल्याणका लागि हुनुपर्ने बताए । ‘अरुको धार्मिक जीवनमा कसैले पनि जबरजस्त हमला गर्ने पाउँदैन मन्त्री बाँस्कोटाले भने ।


तपाईको प्रतिक्रिया