– छवि श्रेष्ठ

जो गएपछि फर्केर मोफसल आउदैन
उस्लाई आफ्नै हो भन्न बल आउदैन

मृत्युशैयामा किन मुठी खोलिन आमाले
विद्वान छोरालाई यत्ती अक्कल आउदैन

बाल्यकालको फोटो जतन गरेर राख्नोस्
अब फेरिपनि फर्केर त्यो पल आउँदैन

बैठककोठाको ढोका यति साँघुरो छ की
जहाँबाट निर्णय आउँछ छलफल आउदैन


तपाईको प्रतिक्रिया