काभ्रेपलाञ्चोक : काभ्रे जिल्लाका सबै स्थानीय तहलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । छ नगरपालिका र सात गाउँपालिकामध्ये बाँकी बनेपा नगरपालिकालाई आज खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

सबै स्थानीय तहलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएपछि जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणाको तयारी गरिरहेको छ ।

खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले नपाका प्रमुख, उप्रप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य र नगरवासी, स्थानीय प्रशसान र सुरक्षा निकायका प्रमुखलाई चर्पीमा मात्रै दिसापिसाब गर्न, गराउन शपथ समेत खुवाउनुभयो ।


तपाईको प्रतिक्रिया