धुलिखेल । घर-घरमा सफा चर्पी हाम्रो शान, पुर्ण सरसफाई उन्मुख धुलिखेल नगर बनाउने हाम्रो अभियान भन्ने मूल नाराका साथ धुलिखेल नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको छ ।

कार्यक्रम नगर स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति धुलिखेलको आयोजनामा भएको हो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सी को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । के. सी ले उपस्थित जनप्रतिनिधि, स्थानीय जनताहरुलाई सपथ खुवाई नगरपालिकाका नगरप्रमुख अशोक व्याञ्जुलाई प्रमाण-पत्र वितरण गरी नगर खुल्ला दिसामुक्त भएको घोषणा गरेका हुन् ।

उक्त कार्यक्रमलाई प्रमुख अतिथी केसीले धुलिखेल नगर आफैमा एक पर्यटकीय नगरी नगरपालिका भएकोले यो नगर खुल्ला दिसामुक्त नगरपालिका घोषणा गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रेस सल्लाहकार मोतिराम तिमल्सिना, जिल्ला खानेपानी तथा सरसफाइ समितिकाको अर्डिनेटर रामकाजी काफ्ले, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नगरप्रमुख व्याञ्जुको सभापतित्वमा सम्पन्न कार्यक्रममा ११ वटै वडाका अध्यक्ष, प्रतिनिधिहरुलाई खुल्ला दिसामुक्त वडा घोषणा प्रमाणपत्र प्रदान गरेका थिए । भने उपमेयर विमला शर्माले आचार संहिता वाचन गरी हस्ताक्षर गराएका थिए ।

धुलिखेल नगरपालिकाको कुल घरधुरी ७ हजार ९ सय २ रहेको र त्यसमध्ये ८९ प्रतिशतले सामुहिक रुपमा शौचालय प्रयोग गरेको र बाँकी २ प्रतिशतले व्यक्तिगत शौचालय प्रयोग गरेको तथ्याङकमा उल्लेख गरिएको छ ।


तपाईको प्रतिक्रिया