पनौती : जिल्लाको पनौती नगरपालिकाले नगरभरी वैदेशिक रोजगारीमा गएका युवाहरु लगत संकलन गर्ने योजना अघि सारेको छ । काभ्रेका १३ ओटा स्थानीय तहमध्ये पनौतीले पहिलो पटक वैदेशिक रोजगारीमा गएका युवाहरु पारिवारिक,सामाजिक र आर्थिक जीवनमा कसरी सहयोग पुग्न सक्छ भन्ने उदेश्यले लगत संकलनको योजना अघि सारेको हो ।

 

पनौतीमा एक बर्षदेखि सिटिजन हेल्प डेक्सले खाडी मुलुकमा जाने कामदारहरुलाई जोखिम कम कसरी गराउन सकिन्छ भनेर काम गरिरहेको छ । सबै बडाहरुमा सामुदायिक छलफल चलाएको सिटिजन हेल्प डेक्सले नगरलाई लगत संकलनमा सहयोग गर्नेछ । लगत संकलनसँगै नगरपालिकाले वैदेशिक रोजगारीमा गएका नागरिकहरुको सुरक्षाको लागि ठोस योजना बनाउँदै छ ।

 

पनौती–१२ कोलाती भुमीडाँडामा शुक्रवार सामुदायिक छलफल सम्पन्न भएको छ । सामुदायिक छलफलमा वैदेशिक रोजगारमा जान सक्ने संम्भावित परिवारका महिला सदस्यहरु, वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

सामुदायिक छलफलमा आफ्नो मन्तव्य राख्दै पनौती–१२ अध्यक्ष ईश्वर जंगमले सबै कुरा एनजिओ आईनजिओको भत्ता दिएर गरेको कामभन्दा स्वयसेवी रुपमा काम गर्ने सिटिजन धेरै गुणा राम्रो काम गरेको बताए । उनले आम वडाबासीहरुलाई सुरक्षित वैदेशिक रोजगारीमा जानको लागि सिप सिकेर मात्रै विदेश जान अनुरोध गरेका छन् । पासपोट बनाएपछि मात्रै विदेश जाने नभएर हामीले त्यस देशको कानुन बुझेर मात्रै रोजगारमा जान आवश्यक रहेको बताएका छन । कार्यक्रममा सिएफए केशवराज पौडेल र रोजन तामाङले सहजीकरण गरेका थिए ।


तपाईको प्रतिक्रिया