बनेपा : काभ्रेको विकट डाँडापारिमा एक घर एक धारा निर्माण भएको छ । डाँडापारिको महाभारत गाँउपालिका–६ बनखुचौरको गोलटारमा ३३ घरपरिवारलाई आवश्यक रहेको धारा निर्माण गरिएको हो ।

नेपाल सरकारले एक धारा एक निती अनुसार काभ्रेको विकट डाँडापारिमा फिनल्याण्डको अन्तराष्ट्रिय मामिला मन्त्रालय तथा युनिसेफको सहयोगमा खानेपानी व्यवस्थापन भएको हो । खानेपानीको व्यवस्थापनसँगै अब डाँडापारिको गोलटारको स्थानीयले सहज रुपमा खानेपानीको पँहुचमा पुगेका छन् ।

काभ्रेमा लामो समयसम्म खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गरिरहेको सिविक फोरम नेपालको सहजिकरणमा काभ्रेको विकट गाँउमा पुगेर खानेपानीको काम सम्पन्न भएको हो । फिनल्याण्डको दुतावासका प्रतिनिधी, नेपाल सरकारका प्रतिनिधी नागरिक समाजका अगुवाहरुले स्थलगत निरिक्षण गरेका छन् । सिविक फोरमका वसन्त कुँवरका अनुसार काम सम्पन्नको चरणमा पुगेको र छिट्टै समुदायलाई हस्तान्तरण गरिने बताए ।


तपाईको प्रतिक्रिया