धुलिखेल । २०७२ सालको विनासकारी भुकम्पका कारण बस्नेबासको उठिबास लागेका मध्ये जिल्लामा ३० प्रतिशतले बासको जोहो गरि सकेका छन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले सार्वजनिक गरेको तथ्याङक अनुसार तिस प्रतिशत नीजि आवास प्राधिकरणको नियम अनुसार निमार्ण भैसका छन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीका अनुसार जिल्लामा ८२ हजार ८ सय ३३ भुकम्प पिडित परिवार पछिल्लो तथ्याङ्ग अनुसार पहिचान भएका छन् । जस मध्ये ७१ हजार ९ सय ७८ परिवारले अनुदान सम्झौता गरेका छन् भने । ४५ हजार ८ सय १२ परिवारले दोस्रो किस्ताको अनुदान लिइ सकेका छन् । अन्तिम किस्ताको रकम २५हजार १ सय ५६ परिवारले घर सम्पन्न गरेर लिएका छन् । १० हजार ८ सय ५५ परिवारले अझै अनुदान सम्झौता गर्न आएका छैन् ।

पछिल्लो तथ्याङ्ग अनुसार जिल्लामा तिस प्रतिशत नीजि आवास निमार्ण भैसकेका छन् । यता भुकम्प पिडितका नाममा अनुदान सम्झौता गरेर पुनरनिमार्ण नगर्ने सात वटा परिवारले पहिलो किस्ता अन्तर्गतको रकम फिर्ता गरि सकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया