काभ्रेपलान्चोक : काभ्रे जिल्लाको पुरानो शाक्य पौउरोटी उद्योगमा आज शिल गरेको छ । बनेपा–८ बसपार्कमा रहेको उद्योगमा प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयको निरिक्षण टोलीले आज शिल गरेको हो ।

बनेपास्थित शाक्य पाउरोटीले खाद्य ऐन २०२३ को प्रर्बधन बमोजिम खाद्य अनुज्ञापत्र समेत नलिईकल उत्पादन गर्दै आएको पाएपछि बुधवार शिल मारेको हो । खाद्य निरिक्षक शिबप्रसाद भण्डारीको नेतृत्वको अनुगमन टोलीले शाक्य पाउरोटीमा शिल गरिएको हो । पाउरोटी उत्पादन हुने ओभनमा आज सिल गरिएकोे छ ।

सयौं बालबालिकाले दैनिक रुपमा प्रयोग गर्ने बेकरी उत्पादक शाक्य पाउरोटीले सरसफाईमा ध्यान नदिएको देखेपछि शिल गरेको प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय खाद्या निरिक्षक शिबप्रसाद भण्डारीले बताए ।

काभे्र जिल्लामा चर्चित तथा पुरानो शाक्य पाउरोटीले सरसफाईसँगै उद्योगमा आवश्यक मापदण्ड पुरा नगरेपछि खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले कारखानामै शिलबन्दी गरेको हो ।

उद्योगले खाद्य ऐन अन्तरगत लिनु पर्ने अनुज्ञापत्र नलिएको, सरसफाईमा ध्यान नदिएको, पिठो मुछ्न आवश्यक रहेको सामाग्रीहरु बर्षौदेखि एउटै प्रयोग गर्दा कुहिएको अवस्थामा फेला पारेका हौ’ खाद्या निरिक्षक भण्डारीले बताए ।


तपाईको प्रतिक्रिया