भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लामा विभिन्न स्थानहरुबाट चोरी गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउपछि प्रहरी परिसर भक्तपुरले बुधबार पत्रकार सम्मेलन गरेर ११ जनालाई सार्वजनिक गरेको हो । उनीहरुले विभिन्न मितिमा भक्तपुरका बिभिन्न स्थानहरुबाट दिउँसोको समयमा घर तथा कोठा फोरेर सुनका गरगहना तथा नगद चोरी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

चोरीको आरोपमा काभ्रे तिमाल गाउँपालिका वडा नं ३ सरमथली स्थायी घर भई हाल काठमाडौ अत्तरखेल बस्ने २९ बर्षका बिबेक भन्ने वाङदेन तामाङ, काभ्रे भुम्लु गाउँपालिका वडा नं. ३ घर भएका २२ बर्षका बिकास भन्ने सुमन लामा रहेका छन् ।  त्यसैगरी मोरङ केराबारी गाउँपालिका वडा नं. २ स्थाई घर भई हाल काठामाडौ चाबहिल बस्ने २३ बर्षका सन्तोष बिक रहेको प्रहरीले जनाएको छ ।

चोरीका गर गहना बिक्री गर्ने कार्यमा सहयाग गर्ने भारत महाराष्ट्र साङली थाना तासगाँउ ग्राम पानमलेबाडी घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ७ चाबहिल बस्ने २७ बर्षका सचिन भन्ने बैभव बापुसो भोसले पक्राउ परेका छन् ।

उनीहरुले चोरीका गर गहना खरिद गरी गालेर बिक्री बितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।सुनका गरगहना चोरीगरी बिक्री बितरण गर्ने कार्यमा संलग्न ३ जना व्यक्तिहरु फरार रहेको पनि भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताए ।

उनीहरुको साथबाट प्रहरीले सुनका गरगहना तथा गालेका सुनका टुक्राहरु अन्दाजी १६.५ तोला, सुनको सिक्का थान १, गालेका चाँदीका टुक्राहरु ४२ तोला, नगद उन्नाईस लाख अन्ठाउन्न हजार सात सय पचास र पच्चीस हजार पाँच सय भारतीय रुपैयाँ बरामद गरेको छ ।

त्यस्तै, चोरीमा प्रयोग गरिएको मोटरसाईकल थान ३, मोबाईल सेट थान ५, फलाम काट्ने मेसिन थान १ तथा कटर ब्लेड  थान ४ बरामद गरेको छ ।

त्यसैगरी प्रहरीले मध्यपुरथिमी नगरपालिका वडा नम्बर ५ स्थित हिम ईलेक्ट्रोनिक्सको स्टोर रुमबाट चोरी भएका टेलिभिजन सेट सहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार काठमाडौ थापागाँउबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुमा रामेछाप मन्थली न.पा. ४ घर भई हाल बानेश्वर थापागाँउ बस्ने बर्ष ३६ को राजु काफ्ले, लिखु तामाकोसी गा.पा. १ घर भई हाल कटुञ्जे बस्ने २७ बर्षका दिनेश पौडेल, दोलखा तामाकोशी ६ घर भई हाल काठमाडौ काडाघारी बस्ने २१ बर्षका शिब फुयाल, रामेछाप लिखु तामाकोसी  २ घर भई हाल काठमाडौ अनामनगर बस्ने बर्ष २५ को नारायण दाहाल छन् ।

भक्तपुर चा.न.पा. ४ बस्ने बर्ष ४० का सुवाश थापा मगर, भक्तपुरका सुजन जाकिबन्जार, चागुनारायण नगरपालिका ५ छालिङका निरञ्जन लागेजु पनि पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुको साथबाट सामसुङका विभिन्न साइजका १४ थान टेलिभिजन सेट बरामद गरेको छ । यसबारे थप अनुसन्धान जारी रहेको समेत प्रहरी प्रमुख श्रेष्ठले बताएका छन् ।


तपाईको प्रतिक्रिया