चौरीदेउराली पुस ०४ : केही समयअघिसम्म काभ्रेको चौरीदेउराली गाँउपालिकाको माझीफेदा, नार्गेगगर्चे र सानो बाङथलीका स्थानीय तरकारी किन्न दोलालघाट बजार झर्नुपर्दथ्यो । गाँउमा तरकारीखेतीका प्रशस्तै संम्भावना रहेरपनि स्थानीयले तरकारीखेती गर्ननै सकेका थिएनन् ।

भुकम्पले घर लडाएपछि जिविकोपार्जनमा सहयोग पु¥याउन आएको कारितास नेपालले तरकारी खेतीको उपाय सुझाएपछि माझीफेदा, नार्गेगगर्चे र सानो बाङथलीका किसानहरु गाँउमै लहलह अर्गानिक तरकारी खेती गर्न सक्ने भएका छन् ।

तीनओटानै वडाका नागरिकहरु तरकारी किन्न अब दोलालघाट पुग्नै पर्दैन । कारितास नेपालका जिल्ला परियोजना प्रमुख सुवास सापकोटाले चौरीदेउरालीका तीन वडाका ८ सय ५० कृषकलाई टनेलमा तरकारी खेती गर्न टनेल र आवश्यक सामाग्री वितरण गरेको बताए । ‘हामीले त्यहाँका ८ सय ५० कृषकलाई तरकारीखेतीका लागि र ५ सय कृषकलाई पशुपालनमा उद्यमी बनाउन सहयोग गरेका छौ’ जिल्ला संयोजक सापकोटाले सुनाए ।

तरकारीखेतीमा लाग्ने संक्रमणसँगै आवश्यक सिंचाईको व्यवस्थापनमा कारितास जुटेसँगै त्यहाँका किसानहरु पछिल्लो समय उद्यमी बनेका छन् । कृषकलाई तरकारीखेतीको तरिका कारितासले सिकाएपछि कृषक बजारको खोजीमा लागेका छन् ।

नार्गेगगर्चेका मानध्वज लामाले एक सिजनमा ८० हजारसम्मको तरकारी उत्पादन गर्ने भएका छन् । अहिलेसम्म गाँउको बजारले धानेको छ अब शहरमा बेचेन भने उत्पादन बारीमै कुहिने चिन्ताले सताएको छ मानध्वजले भने ।

‘हामीलाई कारितासले फलाउन सिकायो,अब गाँउपालिकाल बजारमा लान सहयोग पु¥यायोस्’ नार्गेगगर्चेकै मिनबहादुर लामाले भने । उनीहरु मात्रै हैनन्, माझीफेदाकै माईली तामाङनी र निमादोर्जे तामाङले तरकारी खेतीवाटै परिवार पाल्न सक्ने अवस्थामा पुगेको बताएका छन् ।

कृषि उत्पादन राम्रोसँग भएपनि बजार राम्रो नहँुदा समस्यामा परेका स्थानीयलाई अब गाँउपालिकाकै सहजीकरणमा गाँउपालिकाले हरेक वडामा कृषि उत्पादन केन्द्र स्थापना गर्न लागेको हो ।

गाँउमा थोरै उत्पादन खपत हुने भएकाले कोशीपारिका किसानले बजारको आवश्यकता महसुस गर्न थालेपछि गाँउपालिकाले उत्पादनलाई बजारसम्म लान हरेक बडामा कृषि उत्पादन केन्द्र स्थापना गर्न लागेको हो ।

काभ्रेको कोशीपारी भेगमा उत्पादन हुने अर्गानिक कृषि उपजलाई बनेपा र काठमाण्डौंको बजारसम्म लैजान चौरीदेउराली गाँउपालिकाले हरेक वडामा कृषि उपज संकलन केन्द्र स्थापना गर्ने भएको छ ।

भौगोलिक विकटताको कारण गाँउमा उत्पादन हुने कृषि तथा पशुजन्य उत्पादनको राम्रो भाउ किसानले पाउन नसकेको समयमा हरेक वडामा कृषि उपज संकलन केन्द्र गाँउपालिका आफैले स्थापना गर्न लागेको हो ।

गाँउपालिकाका प्रमुख दिनानाथ गौतमले आफ्नो गाँउपालिकामा उत्पादन भएको कृषी उपजलाई शहरसम्म लैजानको लागि कृषि उपज संकलन केन्द्र स्थापना गर्न लागेको बताए । गाँउपालिकाका प्रवक्ता विनोद घिसिङले गाँउपालिकामा उत्पादन भएको कृषि उपजलाई शहरसम्म लगेर शहरको पैसा गाँउमा भित्राउने अभियानमा लागेको बताए । हरेक बडाको केन्द्रमा कृषि उत्पादन केन्द्र स्थापना गर्न लागेको प्रवक्ता घिसिङले बताए ।


तपाईको प्रतिक्रिया