धुलिखेल । काभ्रेपलान्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका–६ मा कात्तिक १० गते दुर्घटनामा परी निधन भएको पत्रकार जीवन पराजुलीको परिवारलाई किरियाखर्च र क्षतिपूर्ति बापतको पाँच लाख उपलब्ध गराइएको छ ।

क्षतिपूर्ति बापतको पाँच लाख उपलब्ध भएको रकम मृतकका बाबु श्रीप्रसाद पराजुलीले जिल्ला प्रशासन कार्यालय मार्फत उक्त रकम लिनुभएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

क्षतिपूर्ति बापतको रकमले दुर्घटनास्थलमा पत्रकार जीवन पराजुलीको स्मारक बनाइने पराजुलीको परिवारले जनाएको छ ।

दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारी, ट्रेड युनियन काङ्गे्रसका प्रदेश नं ३ का संयोजक विनोद कार्की समेतको मृत्यु भएको थियो ।

जीप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गम्भीर घाइते पूर्व प्रहरी नायब उपरीक्षक विनोद गौतमको हाल काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।


तपाईको प्रतिक्रिया