तुलसीपुर । घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हँुदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ ।

आज बिहान उक्त इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी हँुदा विभिन्न इलेक्ट्रोनिक्स सामान, सवारी साधन बनाउन प्रयोग गरिने विभिन्न सामान र ना२अ १९३६ नंको अटोरिक्सा र नगद जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको छ ।


तपाईको प्रतिक्रिया