धुलिखेल । मानसिक अपाङ्गता भएकी एक २० बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरी काभ्रेको प्रहरी हिरासतमा राखिएको छ ।

गत मंसिर २४ गते युवतीकै घरमा जबरजस्ती करणी गर्ने दाङको तुलसीपुर नगरपालिका–७ का ३० बर्षिय रजवीर बुढालाई प्रहरीले पक्राउ गरी हिरासतमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

गिरीका अनुसार पीडित युवतीका बाबुले  मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दर्ता जोहरीमा २४ गते अपरान्ह आमाबाबु खेतमा काम गर्न गएको मौका छोपी युवतीलाई घरको माथिलो तल्लामा लगेर जबरजस्ती गरि रहेका बेला चिच्याएपछि घर आइरहेकी आमाले थाहा पाएकी थिइन् ।

दाङ घरभई काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ मा सामान्य पसल गरी बसेका बुढालाई मंसिर २६ गते पक्राउ गरिएको हो । नयाँ फौजदारी संहिता अनुसार पीडिकलाई सातदेखि दश बर्ष कैदमा थप पाँच बर्ष थपिनेछ । प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य परीक्षण भइरहेको छ ।


तपाईको प्रतिक्रिया