धुलिखेल । अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ काभ्रेको आयोजनामा श्रम एन , श्रम नियामावली,सामाजिक सुरक्षा कोष र १०% सेवा सुल्क सम्बन्धि १ दिने गोष्ठी तथा प्रशिक्षण कार्यक्रम काभ्रेको धुलिखेलमा सम्पन्न भयो ।

संगठनको जिल्ला अध्यक्ष रामगोपाल भुजेलको अध्यक्षतामा सुरु भएको कार्यक्रम केन्द्रिय उपाध्यक्ष मिलन मल्ल प्रमुख अतिथि रहनु भएको थियोे । कार्यक्रममा सामाजिक सुरक्षा कोषको बारेमा प्रष्ट पार्दै हामि आफैले यस्को सुरुवात गर्न पर्ने बताउनुभएको छ । हामी आफै देशको नागरिक भएपछी हाम्रो पनि कर्तव्य रहेने बताउनुभयो ।

उक्त कार्यक्रममा केन्द्रिय महासचिव मुक्ती दाहाल, काभ्रे जिल्ला महासंघका इन्चार्ज होम बहादुर खुलाल, संगठनका केन्द्रिय उपमहासचिव रामेस्वर अधिकारी, यातायात महासंघ केन्द्रिय उपाध्यक्ष जय के. सि, महासंघ धुलिखेल इन्चार्ज मोहन गजुरेल, भुम्लु गापा इन्चार्ज दिल बहादुर भुजेल, संगठनका सिन्धुपाल्चोक अध्यक्ष राम बहादुर भुजेल, संगठनका काभ्रे जिल्ला इन्चार्ज वीर बल गिरि र अस्मिता थापाको उपस्थिति रह्र्को थियो ।

कार्यक्रमको संचालन संगठनका काभ्रे जिल्ला सचीव आकाश तामाङले गरेका थिए ।


तपाईको प्रतिक्रिया