चौरीदेउराली / सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जिल्लामा रहेका विकट क्षेत्रका विद्यालयमा कम्युटर कक्षा संचालन हुने बताएका छन् ।

काभ्रेका दुर्गम भनिएका कोशीपारी र डाँडापारीका सामुदायिक विद्यालयहरुमा आगामी शैक्षिक शत्रवाट फ्रि इन्टरनेट सहित कम्प्युटर कक्षा संचालन गर्ने बताएका छन् । स्वर्णिम सरस्वती युवा क्लब चौरिदेउरली–४, काभ्रेको आयोजनामा ६ मासिक रचनात्मक कार्यक्रमको उद्घघाटन गर्दै मन्त्री बाँस्कोटाले सामुदायिक विद्यालयहरुमा फ्रि वाईफाईसँगै कम्युटर शिक्षा प्रदान गर्ने बताए ।

‘अव कोशीपारी र डाँडापारीका सबै विद्यालयमा फ्रि इन्टरनेट सहितको कम्प्युटर वितरण गर्ने छ ।’ मन्त्री बास्कोटाले भने, ‘सबै विद्यालय प्रविधि युक्त विद्यालय बनाउने सरकारको योजना अब कार्यन्वयन हुन्छ ।’

कार्यक्रममा बोल्दै काभ्रे जिल्ला प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले आफूहरुले चुनावमा जनाएको प्रतिबद्धता धमाधम पूरा गर्दै गरेका दावी गरेका छन् ।

काभ्रे जिल्ला क्षेत्र नं. १ (क)बाट निवार्चित प्रादेशिक सांसद रत्न ढकालले जनप्रतिनिधिहरुलाई सधैं खबरदारी गर्न अनुरोध गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले खेलकुद राष्ट्र निर्माणको लागि महत्वपूर्ण क्षेत्र भएकोले यसको समग्र विकासको लागि आफू सधैं लाग्ने प्रतिबद्धता जनाए ।

काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौ ले अबको डेढ वर्ष भित्र गाउँपालिका भित्रका सबै घर–घरमा खानेपानी पुग्ने बताएका छन् ।

‘गाउँपालिका भित्र प्रत्येक गाउँ र वडामा सडक पुगी सकेको छ । यहाँ खानेपानीको अभाव छ ।’ अध्यक्ष गौतमले भने, ‘यो वर्षलाई हामीले खानेपानीको बर्षको रुपमा कार्यक्रम अघि सारेका छौ । डेढ बर्ष भित्र हरेक घरमा खानेपानी पुग्छ ।’

आजको खबर चौतारी साप्ताहिकमा प्रकाशिक छ ।


तपाईको प्रतिक्रिया