काभ्रे ।  मंसिर २७ गते बिहिबारबाट नमोबुद्ध – ८, दाप्चामा शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ जारी छ । अहोभाग्य हरिनाम संकीर्तन भजन मण्डल दाप्चाको आयोजनामा जारी सप्ताह ज्ञान महायज्ञ ‘दिव्यानन्द महोत्सव’ पुष ६ गतेसम्म चल्नेछ । विहिबार दाप्चाका कलश शोभा यात्रा गरिएको छ । महायज्ञको नगर प्रमुख टंकप्रसाद (टिपी) शर्माले उद्धघाटन गरेका थिए ।

रामगुरु कविप्रसाद गौतमको कृपाले पण्डित चन्द्रमणि सिग्देलको स्मृतीमा आयोजना गरिएको सप्ताहमा वाचन प्रविण युवा पण्डित रामहरी सिग्देलले कथा वाचन गरिरहनुभएको छ भने उपवाचक पण्डित पुरुषोतम हुुमागाई रहनुभएको छ ।

भजन मण्डलको भौतिक व्यवस्थापनलाई दिगो रुप प्रदान गर्न, भजनलाई निरन्तरता दिन र धार्मिक कार्यमार्फत भौतिक, सामाजिक, आध्यात्मिक तथा सास्कृतिक विकासलाई दिगो रुप प्रदान गर्न महायज्ञ आयोजना गरिएको मूल समारोह समितिका कार्यक्रम संयोजक रामेश्वर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार, पुष २ गते (आज) नन्दोत्सव, ३ गते गोवद्र्धन पुजा र ५ गते लक्ष्यवर्तीका प्रज्वलन तथा रात्रीभर अखण्ड हरिनाम संकीर्तन हुनेछ ।


तपाईको प्रतिक्रिया