धुलिखेल । सर्वमंगला माध्यमिक विद्यालयमा अध्ययन गरेर देशविदेश सम्म छरिएका मनहरुलाई एकपटक एउटै मन्चमा जटाउने जमर्को पुर्व विद्यार्थी समाजले गर्ने भएको छ ।

धुलिखेलमा आयोजित पत्रकार भेटघाटमा पुर्व विद्यार्थी पुनमिलन समारोह समितिका संयोजक रविन्द्र सिप्खानले उक्त भनाई राख्नु भएको हो ।

१० बर्षे स्कुले जिवन पस्चातका हाम्रा दिनहरु टाढीएका छन् ति टाढीएका मनहरुलाई जोड्नुपनि यो सम्मेलनको उद्देश्क्य हुने छ । साथै आफुपढेको विद्यालयका लागि केही गरौं भन्ने भावनाका साथ हामी जुट्दै छौं । विद्यालयका लागि केही नयाँ र स्थायित्व हुने किसिमको योजना तय गर्ने छौं ।

पाँचखाल उपत्यकाको मात्र नभइ काभे्र जिल्लाकै नमुना शैक्षिक प्रतिष्ठानको रुपमा सर्वमंगलालाई स्थापित बनाउन के गर्न सकिन्छ त्यसका लागि गुरुयोजनाको खाका समेत प्रस्तुत गर्ने छौं, संयोजक सिप्खानले बताउनु भएको थियो । उहांको थप कथन थियो सर्वमंगला माध्यमिक विद्यालयबाट विदेशका साथै स्वदेशमै नेपाल सरकारका उच्च पदमा अहिले पनि आसिन व्यक्तित्वहरु हुनुहुन्छ । पक्कै पनि उहांहरुबाट धेरै अनुभवहरु आउने आशा राखेका छौं । जुन अनुभव र अनुभुतीलाई संगेट्दै योजनामा रुपान्तरण गरी समृद्ध सर्वमंगला बनाउने छौं भन्नु भयो ।

उक्त पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महांसंघ काभे्र शाखाका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रेस सल्लाहकार मोतीराम तिमल्सिना – संस्था बन्नु ठुलो कुरो होईन, उद्देश्य प्राप्त गर्नु महत्वपुर्ण हो । सामुदायिक विद्यालय प्रतिको अभिभावक मोह खस्किदै गएको अवस्थामा जुन किसिमको खाका सहित आउनु खोज्नु भएको छ, त्यो आफैमा सकारात्मक र व्यवहारीक पक्ष हो । जुन उद्देश्य प्राप्तिका लागि यहाँहरुले अभिभावकलाई पढाउन सक्ने विश्वास मैले राखेको छु भन्नु हुंदै अध्यक्ष तिमल्सिना थप्नुहुन्छ, संचार क्षेत्रले उद्देश्य प्राप्तिका लागि खेल्नु पर्ने भुमिकामा कुनै कमी नरहने स्प्रस्ट पार्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यनापक छत्रपति इसर, सहायक प्रधानाध्यापक उद्धबप्रसाद अधिकारी, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष एवं प्रचार प्रसार उप समितिका संयोजक राजन कार्की, रामहरी न्यौपाने लगाएका वक्ताहरुले संम्मेलन गर्नुको औचित्य बारे प्रस्ट्याएका थिए । पुनमिलन समारोह पौष १४ गते विद्यालयको प्राङ्गणमा हुने जानकारी पत्रकार भेटघाटमा गराईएको थियो ।

कार्यक्रमको संचालन पुर्व विद्यार्थी भेषराज दनुवारले गर्नु भएको थियो ।


तपाईको प्रतिक्रिया