धुलिखेल । काभ्रे जिल्लाको बनेपा नगरपालिका–१३ स्थित नेपाल प्रहरी विद्यलालय साँगाको आयोजनामा सञ्चालित ‘२६ औँ आईजिपी कप’ अन्तर विद्यालय फुटवल रनिङ ट्रफी प्रतियोगिताको उपाधी भक्तपुरको सैनिक आवासीय विद्यालयले जितेको छ ।

नेपाल प्रहरी विद्यलालय साँगाको खेल मैदानमा सम्पन्न प्रतियोगिताको विजेता सैनिक विद्यालय तथा उत्कृष्ट विद्यार्थीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले रनिङ ट्रफी तथा पुरस्कार प्रदान गर्नुभयो । फाइनल खेलमा सैनिक विद्यालयले आयोजक नेपाल प्रहरी विद्यालय साँगालाई ४–२ गोलले पराजित गरेको हो ।

खेलमा विजेता सैनिक विद्यालयका सन्दिप गुरुङले खेलको २० मिनेटमा १, २६ मिनेटमा विशाल आले मगरले १, ५७ मिनेटमा उत्तम शाहीले १ र ७२ मिनेटमा विशाल आले मगरले १ गोल गरेका थिए भने नेपाल प्रहरी विद्यलालय साँगाका पुजन राना मगरले खेलको ३१ मिनेट र शेखर आले मगरले ६७ औं मिनेटमा १/१ गोल गरेका थिए ।

‘२६ औँ आईजिपी कप’ प्रतियोगितामा सैनिक विद्यालयका उत्तम शाहीलाई म्यान अफ दि म्याच, रोहित राना मगरलाई बेष्ट गोलकिपर र विशाल आले मगरलाई हाइ स्कोरर तथा आयोजक विद्यालयका निर्जल खरेललाई इमर्जिङ स्कोरर र शेखर राना मगरलाई म्यान अफ दि सिरिज घोषणा गरिएको थियो ।

‘२६ औँ आईजिपी कप’ प्रतियोगिताको फाइनल खेल समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सर्बेन्द खनालले विद्यार्थीले अनुशासनमा रहेर उत्कृष्ट खेल प्रदर्शन गरेकोमा खुसी भएको बताउनुभयो । विद्यालयहरुमा अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अनुशासित तवरले लागे,  भविष्य उज्वल रहेको प्रहरी महानिरीक्षक खनालले बताउनुभयो ।

‘२६ औँ आईजिपी कप’ प्रतियोगितामा प्रथम हुनेलाइ ३० हजार,  दोर्स्रो हुनेलाई २० हजार र तृतिय हुनेलाई १० हजार रुपयाँ प्रदान गरिएको थियो ।


तपाईको प्रतिक्रिया