धुलिखेल । अरनिको लोकमार्ग अन्तर्गत काभ्रेको धुलिखेल बाँसघारीमा बसले ठक्कर दिंदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ ।

बाँसघारीबाट धुलिखेलतर्फ जाँदै गरेको बा८३प ३३५४ नम्बरको मोटरसाइकललाई धुलिखेल तर्फ जादैगरेको ना४ख ९२२१ नम्बरको बसले पछाडिबाट ठक्कर दिंदा मोटरसाइकलमा सवार धुलिखेल नगरपालिका ३ का २० वर्षीय शन्त तामाङको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी साहयक निरिक्षक भिमसेन बिक्रम थापाले बताए ।

तामाङको उचारको क्रममा १२ः ३० तिर अस्पतालमा मृत्यु भएको थापाले बताए । मोटरसाइकल चालक भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बस चालक र मोटरसाइकल चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिइसकेको थप अनुसन्धान भइरहेको ट्रफिक प्रहरी थापाले बताए ।


तपाईको प्रतिक्रिया