यतिबेला ग्राजियालाई टक्कर दिन सुजुकीले पनि नयाँ स्कुटर बर्गम्यान उतारेको छ । बजारमा अहिले धमाधम बुकिङ चलिरहेको छ । यसको डिजाइन बर्गम्यान ६५० बाट प्रभावित छ । बुलब्यायन्स बडीका साथ स्पोर्टी लुक्स दिइएको छ । आरामदायी सिटका साथ लामो वाइन्डस्क्रीन राखिएको छ । आरामदायी यात्राका लागी ह्याण्डलबार केही माथी राखिएको छ ।

 

स्कुटरको बजारमा रोचक प्रतिस्पर्धा देखिन थालेको छ । महिला र पुरुष दुवैले पछिल्लो समय स्कुटरको प्रयोग बढाएपछि दुई पाङ्ग्रे उत्पादकले पनि स्कुटरलाई जोड दिन थालेका छन् । होण्डाले स्कुटर बजारलाई थप बलियो बनाउन ग्राजियालाई यतिबेला जोडतोडले प्रवद्र्धन गरिरहेको छ । नयाँ ग्राजिया १२५ सिसीको हो । यसका अगाडी डिस्क ब्रेक दिइएको छ ।

यतिबेला ग्राजियालाई टक्कर दिन सुजुकीले पनि नयाँ स्कुटर बर्गम्यान उतारेको छ । बजारमा अहिले धमाधम बुकिङ चलिरहेको छ । यसको डिजाइन बर्गम्यान ६५० बाट प्रभावित छ । बुलब्यायन्स बडीका साथ स्पोर्टी लुक्स दिइएको छ । आरामदायी सिटका साथ लामो वाइन्डस्क्रीन राखिएको छ । आरामदायी यात्राका लागी ह्याण्डलबार केही माथी राखिएको छ ।

यो १२४.३ सिसी क्षमतामा उपलब्ध छ । जसले ८.४ बिएचपी पावर र १०.२ एनएम टर्क दिन्छ । यसमा सिभिटी ट्रान्समिसन जडान गरिएको छ । अगाडी र पछाडी एलइडी प्रविधिको हेडलाइट्स दिइएको छ । १२ वाटको चार्जिङ सकेट, अन्डर सिट स्टोरेज स्पेस छ । अगाडीको पाङ्ग्रामा डिस्क र पछाडीको पाङ्ग्रामा ड्रम ब्रेक दिइएको छ । त्यस्तै कम्बाईण्ड ब्रेकिङ सिस्टम पनि उपलब्ध छ ।

अगाडी टेलिस्कोपिक सस्पेन्सन फर्क र पछाडी मोनो सक जडान गरिएको छ । अगाडीको पाङ्ग्राको आकार १२ इन्च र पछाडीको पाङ्ग्राको आकार १० इन्चको छ । दुवैमा अलोय ब्हील उपलब्ध छ । इन्धन ट्यांकी साधारणको तुलनामा केही ठूलो ५.६ लिटर क्षमताको छ ।

सुजुकीको यो स्कुटरको लम्बाई १ हजार १ सय ८४ एमएम, उचाई १ हजार १ सय ६३ एमएम र चौडाई ६ सय ६१ एमएम रहेको छ । ब्हील बेस १ हजार २ सय ६५ एमएम र ग्राउण्ड क्लियरेन्स १ सय ६० एमएम रहेको छ ।


तपाईको प्रतिक्रिया