धुलिखेल । पनौती न.पा–३ चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भएको छ् ।

पनौतीबाट रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३ नंको यात्रुबाहक बसले गएराति करिब नौ बजेको समयमा पैदल हिँडिरहेका श्रेष्ठलाई चाम्लेमा ठक्कर दिदाँ उनकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

शव परीक्षणका लागि शीर मेमोरियल अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताए ।


तपाईको प्रतिक्रिया