काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नुपर्छ नभन्ने तर गरिरहने  डरलाग्दो अवस्था रहेको भन्दै त्यसलाई समाप्त पार्न सरकार लागिरहेको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारबिरुद्धको दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा आइतबार बोल्दै प्रधानमन्त्रीले भ्रष्टाचार गर्नुहुँदैन भनेर चर्को स्वरमा कराउनेहरु नै भ्रष्टाचार निर्लिप्त भएको बताउनुभएको हो ।

‘अचम्म लाग्दो के छ भने भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैन तर भ्रष्टाचार गर्दाे रहेछ ।  मैले भ्रष्टाचार गर्छु भन्ने मान्छे भेटेको छैन तर भकोभई छ । भनेपछि यो कति डरलाग्दो छ’ उहाँले भन्नुभयो ।

सानोतिनो भ्रष्टाचार देखिने तर ठूला भ्रष्टाचार नदेखिने  बताउनुभयो ।  ‘सानो डण्डिफोर देखिन्छ तर ठूलोठूलो देखिदैन । मान्छे बुद्धिजीवी छ, चलाखी छ, बुद्धि कुठाउँमा प्रयोग गर्छ र भ्रष्टाचार गर्छ । मूर्ख भएको भए भ्रष्टाचार हुँदैन्थ्यो’ प्रधानमन्त्रीले भन्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिन भन्ने’ नारा सतप्रतिशत कार्यान्वयन भएको भन्दै अब ‘म गर्न दिन्न’ भन्ने कार्यान्वयन गर्ने कोसिस गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सभ्य र सुसंस्कृत समाज निर्माणको बाधक नै भ्रष्टाचार भएको बताउनुभयो । ‘भ्रष्टाचार नियन्त्रणका लागि कानून, शिक्षा, र संरचनाको आवश्यकता छ । त्यो सबै अहिले हामीसँग छ । त्यसकारण अहिले नियन्त्रणका लागि अनुकुल समय छ’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया