काभ्रेपलान्चोक । निजि तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)काभ्रेको अायाेजनामा श्रमिक र राेजगारदाताकाे याेगदानमा अाधारित सामाजिक सुरक्षा काेष सम्बन्धि एक दिवसिय अभिमुखिकरण तथा शैक्षिक क्षेत्रमा गतिशिल नेतृत्व विषयक माेटिभेस्नल प्रशिक्षण कार्यक्रम अान्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख डमरु प्रसाद पराजुलिकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे छ ।

केन्द्रीय प्याब्सनकाे उपाध्यक्ष अाशिष श्रेष्ठ , सचिवद्वय भिमसेन के. सि. र अार. वि. कटुवाल , पुर्व सचिव भुवनलाल श्रेष्ठ, केन्द्रीय प्याब्सनकाे अनुशासन समितिका संयाेजक रवि श्रेष्ठ लगायतकाे उपस्थितिमा सम्पन्न कार्यक्रममा केन्द्रीय प्याब्सनकाे कानुनि सल्लाहकार तथा अधिवक्ता हरिराज भट्टराईले सामाजिक सुरक्षा याेजनाकाे एेन, नियमावली र कार्यविधि माथि प्रकाश पार्नु भएकाे थियाे भने अन्य अतिथिहरुले पनि सामाजिक सुरक्षा काेष सम्वन्धि अा अाफ्नाे धारणा राखेका थिए ।

प्याब्सन काभ्रेका ६० भन्दा बढी सदस्य विद्यालयका संस्थापक प्रिन्सिपलहरुकाे सहभागी रहेकाे उक्त कार्यक्रममा माेटिभेस्नल प्रशिक्षक रविन कटुवालले शैक्षिक क्षेत्रमा गतिशिल नेतृत्व विषयमा प्रशिक्षण दिनु भएकाे थियाे । प्याब्सन काभ्रेकाे अध्यक्ष सत्यनारायण श्रेष्ठकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष सराेज न्याैपानेले स्वागत मन्तब्य राखेका थिए भने सचिव महेन्द्र थिङले कार्यक्रम सञ्चालन गरेका थिए ।


तपाईको प्रतिक्रिया