काठमाडौं । सर्वोच्च अदालतले पूर्वआईजीपी मोतिलाल बोहोरालाई सफाइ दिएको छ ।

बोहोरालाई सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले सफाइ दिएको हो ।

भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका पूर्वप्रहरी आईजीपी बोहरालाई २०६८ सालमा विशेष अदालतले अवैध सम्पत्ति जोडेको अभियोगमा दोषी ठहर गर्दै २६ लाख ६३ हजार ४ सय ८५ रुपैयाँ बिगो र त्यति नै बराबरको जरिवानासहित डेढ वर्ष कैद सजाय सुनाएको थियो ।


तपाईको प्रतिक्रिया